आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् । त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो । यस क्रममा महिलाहरुको कपडासमेत खोल्न लगाएर आपत्तिजनक तरिकाले जाँच गरिएको थियो । कम्तिमा १० वटा उडानमा रहेका महिला यात्रुहरुको यसरी जाँच गरिएको बताइएको छ । अस्ट्रेलियाको सरकारका अनुसार यसरी जाँचबाट गुज्रनु पर्ने विदेशी महिलाहरुमा कम्तिमा १८ जना अस्ट्रेलियाका नागरिक थिए । अस्ट्रेलियाको मिडियाले यस विषयमा पहिले रिपोर्ट प्रकाशित गरेको थियो । दोहाबाट सिड्नी उडान भर्न लागेको विमानबाट सबै महिलाहरुलाई विमानबाट उतारिएको थियो । त्यसपछि उनीहरुलाई एक एम्बुलेन्समा लगिएको जहाँ उनीहरुलाई भित्री वस्त्र उतार्न लगाएर परीक्षण गरिएको थियो । कतार सरकारले आफ्नो वेबसाइटमा एक वक्तव्य जारी गर्दै महिला यात्रुले बेहोर्नु परेको असुविधाको लागि माफी मागेको छ । सरकारका अनुसार एक बच्ची फोहोर फाल्ने डब्बामा प्लास्टिकको ब्यागमा फेला परेकी थिइन् । त्यही भएर उनको मातापितालाई खोज्न थालिएको थियो । यसक्रममा शिशु भटिएको स्थानबाट नजिकका विमानहरुको जाँच गरिएको थियो । यस्तो भायनक अपराधबाट आरोपी भाग्न नसकोस् भनेर जाँच गरिएको बताउँदै यसबाट यात्रुको निजी स्वतन्त्रता उल्लंघन भएकोमा माफी मागेको छ । कतार सरकारले बच्चीको अवस्था अहिले स्वस्थ र सुरक्षित रहेको छ । सरकारले यस विषयको व्यापक र पारदर्शी जाँच गर्न निर्देशन दिँदै यसको रिपोर्ट अन्य देशलाई पनि साझा गर्न भनेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।