नवलपरासी , २६ बैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आईसियु सहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ । उक्त कोभिड अस्पताल निर्माणका लागि सर्बाेत्तम सिमेन्ट लिमिटेडले ७० लाख रुपैया बराबरको स्वास्थ्य उपकरण नगरपालिकालाई हस्तान्त्रण गरेको छ । विश्वभरिमै फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड–१९को संक्रमण जिल्लामा पनि तिब्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित विरामीहरु अहिले अक्सिजन सहितको बेड नपाएर ज्यान गुमाउने पर्ने बाध्यात्म अवस्थालाई मध्य नजर गर्दै सुनवल नगरपालिकाले आफैं आईसियु सहितको कोभिड अस्पताल संचालनको तयारीमा जुटेको छ ।

देशभरि नै अक्सिजन र बेडको अभाव छ जसकारण कोभिड–१९ का विरामीहरु उपचार नपाएर मरिरहेका छन यस्तो अवस्थामा आफनो नगरबासीहरुलाई बचाउन नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले आफनो पालिकामा १० बेडको आईसियु सहित २० बेडको कोभिड अस्पताल संचालनमा लागेको जानकारी दिनु भयो । नगरपालिका १ स्थित आईशोलेश भवनमा उक्त कोभिड अस्पताल संचालनको तयारी तिब्र रुपमा भैरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका प्राविधिकहरुको सहयोगमा बेड र स्वास्थ्य उपकरण लगायतका सरसामानहरुको सेटिङ्ग भैरहेको र उक्त अस्पताल दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा संचालन गरिने नगर प्रमुख थापाले जानकारी दिनु भयो ।

नगर प्रमुख थापाले अस्पतालहरुमा बेड र अक्सिजन अभाव देखेर आफनो नगरबासीहरुलाई उपचार सेवा प्रदान गर्न सुनवलमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडसंग पहल गरि ७० लाख रुपैया बराबरको स्वास्थ्य उपकरण सहितको स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त गर्नु भएको छ ।
सिमेन्ट लिमिटेडले नगरपालिकालाई आईसियु सहितको कोभिड अस्पताल संचालनका लागि कम्फर्ट बेड १० सेट, पेसेन्ट मोनिटर ४ सेट, ईसिजी मेसिन १ सेट, सिरिन्ज पम्प ५ सेट, ईन्फ्युजन पम्प ५ थान, सक्सन मेसिन १ थान, बिआइपिएपी अटो विथ ह्युमिडिफायर ३ सेट, सिपिएप अटो ब्लु विथ हिटेड ह्यमिडिफायर २ सेट, अक्सिजन फ्लोमिटर १० थान, क्राश क्राफट ट्रली १ थान, डिफिब्रिल्लेटर १ थान गरि ७० लाख रुपैया बराबरको स्वास्थ्य उपकरण र सामाग्रीहरु नगर प्रमुख र उप प्रमुखलाई हस्तान्त्रण गरेको छ । उक्त उपकरण र थप नगरपालिकाको सहयोगले १० बेडको मिनि आईसियु र २० बेड अक्सिजन सहितको कोभिड अस्पताल संचालन हुने नगरपालिकाले जनाएको छ । यसभन्दा अगावै नगरपालिकाले अक्सिजन सहितको २० बेड आईशोलेशन सेन्टर संचालन गर्दै आएको थियो ।

नगरपालिकामा आईसियु सहित उक्त कोभिड अस्पताल संचालनका लागि सिमेन्ट लिमिटेडले आज उक्त स्वास्थ्य उपकरणहरु नगरपालिकालाई हस्तान्त्रण गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य उपकरणहरु पाएपछि कोभिड अस्पताल निर्माणमा लागी परेको र २÷३ दिनभित्रै संचालनमा ल्याउने नगर प्रमुख थापाले जानकारी दिनु भयो ।
नगर प्रमुख थापाका अनुसार उक्त कोभिड अस्पतालमा स्वास्थ्य उपकरण सिमेन्टले दिएपनि प्राविधिक र जनशक्ति लगायतका सम्पुर्ण संचालन खर्च सहयोग नगरपालिकाको रहने जानकारी दिनु भयो । यो अस्पताल संचालनमा नगर उप प्रमुख दधिराम अर्याल लगायत वडा अध्यक्षहरु र कर्मचारीहरु समेत लागी परेका छन् । यस्तो माहामारीको बेला आईसियु सहितको कोभिड अस्पतालै संचालन गर्न जिल्लामै पहिलो नगरपालिका रहेको र यसको चौतर्फि प्रशंसा समेत भैरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

