Rashtriya Dainik

गुल्मीका कुशल सञ्चारकर्मी हुकुम थापाको ‘ज्यान जाला’ चर्चामा

दिपेन्द्र खत्री,२६ वैशाख गुल्मी ।

गुल्मीका रेडोयाे टिभी तथा युटुब हरुमा मिठाे कार्यक्रम सन्चालन गर्ने हुकुम थापा यतिबेला चर्चामा छन् ।बिगत चार वर्ष देखि सञ्चारकर्मी काे रुपमा काम गर्दै अाएका थापाकाे पहिलाे प्रयासले नै उनी चर्चामा अाएका हुन ।

नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेकाे अबस्था छ।पछिल्लो समय बजारमा लाेक दाेहाेरी गितका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन्।

त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् । भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने ( ज्यानजाला) नामक बोलको गित सार्वजनिक भएको छ ।यस गीतमा मायाँ प्रेममा आधारित सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।

नेत्र अर्यालको लय शब्द मा रहेकाे गितमा चर्चित तथा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, हिमा थापा,सञ्चारकर्मी हुकुम थापा र मधु घिमिरेको सुमधुर आवाजमा रहेको गीतको महेन्द्र भण्डारीले सङ्गीत संयोजन गर्नुभएको छ ।
प्रेमी–प्रेमिकाको एक अर्काप्रतिको समर्पण भाव प्रस्तुत गरिएको गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले, छायाङ्कन सुरेश श्रेष्ठले र सम्पादन प्रकाश धमलाले गर्नुभएको छ।उक्त गितमा लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुँवरको सशक्त अभिनय रहेकाे देख्न पाइन्छ ।

जुन भिडियो (नयाँ पाइला डट कम )आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएकाे छ ।पूरा भिडियो हेर्नुहाेस ।।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित