Rashtriya Dainik

कृष्णनगरमा अक्सिजन सहितको १५ सैयाकाे आइसोलेसन वार्ड

प्रिन्स मिश्रा कपिलवस्तु , बैशाख २५।
कोरोना भाइरस संक्रमितको उपचारका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

कृष्णनगर नगरपालिका ९ बहादुरगंजकाे राम गाेरखा माविमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो । आक्सिजन कन्सेन्ट्रेटर, सिलिन्डर सहित स्वास्थ्यकर्मी लगायतका व्यवस्थापन गरि यसै हप्ता थप १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र गतिमा भैरहेको नगरप्रमुख शाहले बताउनु भयो ।

नगरको नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि सिमानाकामा स्वास्थ जाँच केन्द्र स्थापना गरेको र नेपाल भित्रिने प्रत्येक नेपालीकाे पीसिआर टेस्ट र एन्टीजेन टेस्ट हुँदै आएकाे कृष्णनगर नगरपालिकाको उपप्रमुख सबनम खातुनले जानकारी दिनु भयो ।

नगरबासीको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माणलाई प्राथमिकता दिएको उप प्रमुख खातुनले बताउनु भयो ।
कृष्णनगर क्षेत्रमा कोभिड संक्रमितको संख्या बढ्दै गरेको हुन्ले अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्किले जानकारी दिनु भयो ।

भारतसगं सिमाना सटेकोले संक्रमित बढेकोले सामुदायमा सचेतना मुलक कार्यक्रम सन्चालन गरेको अधिकृत कार्कीले बताउनु भयो ।
कृष्णनगरमा ७५ जना कोभिड संक्रमित रहेका छन । सबैको अवस्था समान्य रहेको कृष्णनगर स्वास्थ शाखाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित