Rashtriya Dainik

बेड नपाएपछि कुर्सीमा राखेर उपचार

झलक दवाडी
धनगढी,२४ बैशाख । प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा शय्या अभावमा बिरामीहरुलाई अस्पतालको प्यासेज र कुर्सीमा राखेर उपचार गराइरहेका छन् । शैया अभाव भएसंगै सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नियन्त्रण बाहिर गएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ ।
निजी अस्पतालमा भर्ना नपाएका बिरामीलाई प्रादेशिक अस्पतालले भने अस्पतालको प्यासेज र कुर्सीमा राखेर समेत सेवा दिइरहेका छन् । संक्रमितहरुलाई राख्ने ठाउँ नभएपछि अस्पतालको आँगनमा अस्थायी टेन्ट गाडिएको छ । अस्पताल प्रशासनको आग्रहमा नेपाली सेनाले अस्थायी टेन्ट बनाएको हो, जहाँ अस्पताल आउने विरामीको प्रारम्भिक चेकजाँच हुन्छ । ५५ बेड क्षमताको सो अस्पतालमा ५२ जना कोरोना संक्रमित भर्ना भएका छन् ।
सेती प्रादेशिक अस्पतालको आइसियूमा १५ जना सहित ५५ बेड क्षमता हो । तर यो अस्पतालले दैनिक २०र२५ जना बिरामीको ईमर्जेन्सी कक्षभित्रै उपचार गर्छन्। ईमर्जेन्सी भित्रका सबै शय्या भरिएपछि कुर्सीमा राखेर समेत उपचार गरिन्छ । दुई सातादेखि सुदुरपश्चिम प्रदेशमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएपछि यो अस्पतालले क्षमताभन्दा बढी बिरामीलाई उपचार गर्न थालेको हो। अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कोरोनाका बेड छिटो खाली नहुने हुँदा कति बिरामीको चारपाँच दिनसम्म ईमर्जेन्सी कक्षमै उपचार हुन्छ। खाली भएपछि मात्र वार्डमा पुग्छन्। बिरामीको अवस्था अनुसार ज्वरो र अक्सिजनको स्थिति हेरेर घर पठाइन्छ भने अक्सिजन चाहिने बिरामीलाई अस्पतालको ईमर्जेन्सी कक्षमा रहेका कुर्सीमा राखेरै उपचार गर्ने गरेको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित