Rashtriya Dainik

भोटेकोसी बाढीपीडितलाई नवलपरासीको नेत्र ज्योति संघको १ लाख १ हजार राहत

आरपी उपध्याय / नवलपरासी

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएपछि नेपाल नेत्र ज्योति संघ नवलपरासीबाट राहत तथा पुन: स्थापनाको लागि आर्थिक सहयोग गरेको छ।
नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखा सभापति देवेन्द्रराज कंडेलले घोषणा गरे अनुसार डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीबाट १ लाख १ हजारको सहयोग गरिएको हो।
गत भाद्र १० गते भीषण बाढीबाट प्रभावितहरुको राहतको लागि नेपाल नेत्र ज्योति संघको आह्वान अनुसार अस्पतालको तर्फबाट उक्त रकम पठाइएको आँखा अस्पतालका व्यवस्थापक अजय पाण्डेले जानकारी दिनुभएको छ।
बाढी पीडित नागरिकलाई राहतको लागि पठाइएको रकम नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय त्रिपुरेश्वर मार्फत एकद्वार प्रणालीबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाइएको छ।
विपदको कठिन घडीमा बाढी प्रभावित नागरिकको राहत तथा पुन: स्थापनामा सहयोग पुर्याउन अस्पताल परिवारको तर्फबाट उक्त रकम पठाइएको हो।
बाढी प्रभावित पीडितलाई राहत रकम पठाउन नेपाल नेत्र ज्योति संघका शाखा सभापति कंडेलले विपतको समयमा प्रभावित नागरिकहरुको साथमा उभिनु नेपाल नेत्र ज्योति संघले आफ्नो सामाजिक दायित्व पूरा गरेको र पुन: स्थापनाको लागि सहयोग र सहकार्य दिन अस्पताल सदैव तत्पर रहेको पनि जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित