राष्ट्रिय दैनिक / नवलपरासी ,१८ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल नेत्रज्योति संघ, नवलपरासी शाखाले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
नेपाल नेत्रज्योति संघ, नवलपरासी शाखाका सभापति देवेन्द्र राज कण्डेलले घोषणा गर्नुभएको सहयोगअनुसार डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले अस्पतालको कोषबाट रु. १,०१,००० (एक लाख एक हजार) सहयोग गरेको हो।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल नेत्रज्योति संघको आह्वानमा उक्त रकम सहयोग गरिएको अस्पतालले जनाएको छ।

सभापति कण्डेलले सहयोग गर्ने घोषणा गरेअनुसार रकम नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा पठाइसकिएको छ। केन्द्रीय कार्यालयमार्फत उक्त रकम एकद्वार प्रणालीबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।
विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पताल परिवारको तर्फबाट रकम सहयोग गरिएको हो।

सभापति कण्डेलले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

