Rashtriya Dainik

धोबीनीमा रहेको श्री अजिज मिया माध्यमिक विद्यालयका बिद्यार्थीहरुबाट रसुवा बाढीपीडितलाई सहयोग

राजन कुमार बानिया
पर्सा १८ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि पर्साको धोबीनी गाउँपालिकाका विद्यार्थीहरूले उदाहरणीय मानवीय पहल गरेका छन।
धोबीनी गाउँपालिका–५ धोबीनी स्थित श्री अजिज मिया माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितका लागि ४ हजार ३ सय ६५ रुपैयाँ संकलन गरेका छन।
प्राध्यापक जितेन्द्र रामको नेतृत्वमा विद्यार्थीहरूले आपसमा रकम संकलन गरी उक्त रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको विद्यालयका प्रधानाध्यापक रामले जानकारी दिए।
साना विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम छुट्याएर विपद् प्रभावितका लागि सहयोग गर्नुले मानवीय संवेदनाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। आर्थिक रूपमा ठूलो रकम नभए पनि विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीहरूमा देखिएको विद्यालय पक्षको भनाइ छ।
रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटाउने क्रम जारी छ। यही क्रममा धोबीनीका विद्यालयका बालबालिकाले समेत आफ्नो व्यक्तिगत खर्चबाट रकम बचत गरी प्रभावित नागरिकको राहतमा योगदान दिएका हुन।
विद्यार्थीहरूको यो पहलले विपद्का बेला सहयोगका लागि ठूलो स्रोत वा रकम आवश्यक नपर्ने, आफूले सक्ने सानो सहयोगले पनि मानवीय ऐक्यबद्धता प्रकट गर्न सकिने सन्देश दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित