Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाद्धारा अक्सिजन सहित आईसोलेसन कक्ष सञ्चालन

बैशाख २४, गोपीगञ्ज
प्रतापपुर गाउँपालिका नवलपरासी ब.सु.प.ले अक्सिजन सहितको १५ बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरस संक्रमण बढिरहेका बेला गाउँपालिकाबासीको सुविधाका लागी वडा नं.९ बेलाटारीमा रहेको त्रिभुवन क्याम्पसमा आईसोलेसन कक्ष सञ्चालनमा ल्याईएको कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले जानकारी दिनु भयो ।

त्यस्तै प्रतापपुर गाउँपालिकाले लक्षण देखिएका गाउँपालिकाबासीको निःशुल्क पिसिआर परिक्षण सुरु गरेको छ ।
वडा नं.२ सेमरीमा रहेको जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा यहि बैशाख २० र २२ गते ३३ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि भैरहवा पठाईएको स्वास्थ्य शाखा प्रमुख ईन्द्र लामिछानेले जानकारी दिनु भयो ।

त्यस्तै गाउँपालिकाले जटिल अवस्थाका कोरोना भाईरस संक्रमित गाउँपालिकाबासीको लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । हाल प्रतापपुर गाउँपालिकामा १५ जना (एन्टीजेन टेस्ट) सक्रिय कोरोना भाईरस संक्रमित रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित