पश्चिमी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित त्रिभुवन क्याम्पसको भवनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहने गरी अक्सिजनको सुविधा सहितको १५ बेडको आइसोलेसन सञ्चानलमा ल्याएको छ।
प्रतापपुर गाउँपालिकाका का.वा. अध्यक्ष अन्जु कुमारी चौधरीले आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले सुविधा सहितको १५ बेडको आइसोलेसन सञ्चानलमा ल्याएको राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको छ ।

गाउँपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा नागरिकको स्वास्थ्य संवेदनशीलतालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।
हालसम्म यस गाउँपालिकाभित्र १५ जना सक्रिय संक्रमित रहेको जानकारी गराउँदै विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका संक्रमित प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

गाउँपालिकावासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरुको स्वाब संकलन तथा निशुल्क परीक्षणको व्यवस्था जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सेमरीमा मिलाईएको तथा जटिल अवस्थाका विरामीको लागि जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको उल्लेख गर्नुभएको छ ।
स्थानीय तहमा उपलब्ध सिमित श्रोतसाधन र जनशक्तिका बावजुद पनि गाउँपालिकावासीको जीवनरक्षाका निम्ति सबैखाले चुनौतिको सामना गर्न गाउँपालिका प्रतिबद्ध रहेको जनाउँदै यो विषम परिस्थितिमा विगतमा जस्तै सबै गैरसरकारी तथा सामुदायिक संस्था, निजि क्षेत्र, संचार जगत तथा गाउँपालिकाबासीको बलियो साथ, सहयोग र समर्थन रहनेमा सिंगो गाउँपालिका विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

अन्त्यमा का.वा. अध्यक्ष चौधरीले स्वअनुशासनमा रहदै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डका साथै कोरोना भाईरस नियन्त्रण सम्बन्धमा स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा प्रतापपुर गाउँपालिकाद्वारा जारी सूचना वा आदेशहरुको पालना गर्दै गाउँपालिकासँग हातेमालो गर्न सम्पूर्णमा आग्रह गर्नुभएको छ ।
त्यस्तै विज्ञप्तिमा आवश्यक सहयोग र जानकारीका लागि विभिन्न सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।
का.वा. अध्यक्षः श्री अन्जु कुमारी चौधरी (९८५७०४६०५३)
प्रवक्ताः श्री हेमेन्द्र कुमार पंजियार (९८५७०१३७४२)
प्रमुख प्रशासकीय अधिकृतः श्री भेषराज खनाल (९८५७०८००९५)
स्वास्थ्य शाखाः संयोजक श्री इन्द्र प्रसाद लामिछाने (९८५७०८०४०५)
यस्तो छ गाउँपालिकाद्वारा जारी विज्ञप्ति:

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

