Rashtriya Dainik

मास्क लिएर संक्रमितको घर-घरमै पुग्छन् सुनवल नगरपालिकाका मेयर थापा

कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको अवस्थामा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा  शुक्रबार आफ्नो वडाका कोरोना संक्रमितको घरघरै पुगेका छन्  ।


घरै आइसोलेट भएका बिरामीलाई भेटेरै परिवारलाई मास्क हस्तान्तरण गर्दै, स्वास्थ अवस्था बुझ्न्, र मनोबल बढाउन भन्दै उनी संक्रमितको घर-घर पुगेका हुन् ।

त्यसक्रममा संक्रमितहरुसंग प्रत्यक्ष कुराकानी गर्दै  स्वास्थ अवस्था कस्तो छ ? घरमै आइसोलेसनमा बस्दा के समस्या छ ? कस्तो औषधि सेबन गरिरहेका छन । स्वाथ्यकर्मीले नीगरानीमा राखेका छन् या छैनन् ?  लगायतका विषयम बिरामीसँग  बुझे ।

उनी आफै पनि पहिलो चरणको कोरोना लहरमा संक्रमित भएको अनुभव सुनाउँदै होम आइसालेसनमा बसेको  अनुभव र  घरेलु औषधि  गुर्जो, बेसार, कागती, बोझो, मह, तुलसीको पातजस्ता घरमा  पाइने जडिबुटी सेवन गरेर शरीर स्वस्थ्य हुने उनले बताए । 

कोरोना संक्रमितका घर घरमै गएर मेयरले स्वास्थ्य अवस्था सोधपुछ गर्दा आफुले आफुलाई  स्थानीय सरकारको साथ छ भन्ने महसुस गरेको सुनवल  नगरपालिका ७ का संक्रमित पुरुषले  बताए । 

सुनवल नगरपालिकाले नगरवासीकालागी  १० बेडको आइसीयु सहितको अस्पताल बनाउने काम समेत तीब्र रूपमा भैरहेको जानकारी  दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित