नवलपरासी , २३ वैशाख ।
पश्चिम नवलपरासीमा नयाँ भेरियन्टसहितको काेराेना भाईरस सक्रमित बढन् थालेपिछ रामग्राम नगरपालिकाले आईसाेलेशन सेन्टर संचालनमा ल्याएकाे छ ।
पश्चिम नवलपरासीमा काेराेना सक्रमण बढदै गएपछि रामग्राम नगरपालिकाले आजदेखि २० वेडको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हाे ।
रामग्राम नगरपालिकाकाे वडा न ४ जितपुरमा अवस्थित पाल्हि क्याम्पसकाे भवनमा बीस बेडको आईसाेलेसन सेन्टर संचालनमा ल्याईएकाे रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरि सञ्चालनमा ल्याईएको नगरप्रमुख गुप्ताले बताउनुभयो ।
उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको चाप कम हुने र वेड अभावमा ज्यान गुमाउने अवस्था कम हुने बिश्ववास उहाँले व्यक्त गर्नुभयो । आइसोलेसनले बेड नपाएर छटपटाईरहेका बिरामीलाई राहात पुग्ने जनाउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो।
रामग्राम नगरपालिकाले नियमित रूपमा क्याम्पसमा पिसिआसर परीक्षण र कन्ट्याक्ट ट्रेसिडग पनि गरिरहेकाे बताउदै यसले पनि सक्रमण समुदास्तरमा फैलिन राेकथाम र नियन्त्रण हुने बताउनुभयो।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन नगरबासिहरूलाई नगरपालिका नगरप्रमुख गुप्ताले आग्रह गर्नुभएको छ।

काेराेना संक्रमण बढ्दै जादा नगरपालिका भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाँउमा राेक लगाउनुका साथै तरकारी, फलफूल, खाद्यन्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला प्रशासनले जारि गरिएको सुचानामा भनिएको हुदा सोही पालना गरि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै नगरपालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा नगरपालिका भित्र बसाेबास गर्ने सम्पूर्ण नगर बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न नगर उपप्रमुख रम्भा कुवरले अनुरोध गर्नुभएको हाे ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु १५ जना भन्दा बढी उपस्थीती नगराई तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरेर सो कार्य गर्न जिल्ला प्रशासनले जारि गरिएको सूचनामा उल्लेख गरिएको र साेकाे पालाना गरि काेराेना भाईरस बाट वच्न र अरुलाई बचाउनमा सहयोग गर्न नगरबासिहरूबाट साथ सहयोग काे अपेक्षा समेत गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

