उमेश बि.क / नवलपरासी ,२३ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ साेमनाथमा अवस्थित काेभिड १९ आइसोलेसन सेन्टर प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेल तथा सुनवल नगरपालिका मेयर भिम बहादुर थापा क्षेत्रीद्वारा अनुगमन गरिएको छ।


कोरोना संक्रमण (Covid-19) को दोस्रो लहरसंगै नेपालमा समेत तिब्र रुपमा प्रभावित भैरहेको अवस्थामा नवलपरासी पश्चिमको नमुना नगरपालिकाको दौडमा रहेको सुनवल नगरपालिकाले यस कोरोना संक्रमणको अवस्थामा अक्सिजन,भेन्टिलेटर सहित जिल्लामै प्रथमपटक सन्चालनमा ल्याउन लागेको २० शैयाको कोविड-१९ बिशेष आइसोलेसन अस्पताल बिहीबार अनुगमन गरिएको कण्डेलकाे स्वकीय सचिव कमलकिशाेर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे। साथै सोही क्रममा कण्डेलले नगरपालिकाको निर्माधिन प्रशासकीय भवनको समेत अवलोकन गर्नु भएको थियो

नगर प्रमुख भिम बहादुर थापा”भरत”को निमन्त्रणामा जिल्लाकै सुबिधा सम्पन्न आइसोलेसन अस्पताल स्थलगत अनुगमन गर्दै सांसद कण्डेलले आइसोलेशन व्यवस्थापन उत्कृष्ट पाइएको बताउनु भएको हाे । समुदाय स्तरमा काेराेना देखा परेकाे हुनाले सावधानी अपनाउन तथा नियम पालना गर्न समेत सबैमा अनुराेध गर्नुभएको हाे । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर स्थानीय तहले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे। काेराेनाकाे भयावह अवस्थामा अाफुले जनहितका लागि केन्द्रमा अवाज उठाउदै अाइरहेकाे र अाफुबाट हुने पहल जिल्लामा लागू गराइ रहेको बताउदै सुबिधा सहितको आइसोलेसन अस्पताल निर्माण गर्न अहोरात्र लागिपर्ने नगरप्रमुख र नगपालिका परिवारप्रती जिल्लाकै उदाहरणिय कार्यकाेलागि धन्यवाद दिदै खुलेर प्रशंसा गर्नु भएको हाे । यश काेराेनाकालकाे विषम परिस्थितिमा सबैजना हातेमालो गरि जनतालाई सहयोग गर्न पनि अपिल गर्नुभएको हाे।

कोरोना महामारीको अस्थामा देशमा रहेका अस्पतालहरुमा बेडको अभाव भएको र कतैपयले त उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अक्सिजन सहितको २० शैयाको सुबिधा सम्पन्न आइसोलेसन केन्द्र तयार गरिएको नगर प्रमुख थापाले बताउनु भएको हाे।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

