Rashtriya Dainik

नवलपरासीमा भयावह बन्दै कोरोना : ६ घण्टामा ५ संक्रमितको मृत्यु

नवलपरासी  : पश्चिम नवलपरासीमा ६ घण्टाको अन्तरमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा भैरहवा मेडिकल कलेजमा ३ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा २ जना छन् ।

भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका–४ का ५५ वर्षीया महिला, बर्दघाट नगरपालिका–१२ का ५४ वर्षीया महिला र सुस्ता गाउँपालिका– १ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए । 

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिका–४ का ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिका–१ का ५५ वर्षीय पुरुष रहेका छन् । 
वैशाख पहिलो सातादेखि मंगलबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको पौडेलले जानकारी दिए । 

अहिले सक्रिय संक्रमितको संख्या ५ सय बढी पुगेको छ। अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना पुगको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

#हरि शर्मा#

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित