Rashtriya Dainik

शुद्धोधन गाउपालिका एक हप्ताका लागि पुर्ण रुपले बन्द

तुलसी राम पौडेल /फर्साटिकर, बैशाख २०

रुपन्देहीको शुद्धोधन गाउँपालिका मंगलबारदेखी पुर्ण रुपमा बन्द हुने भएको छ। ।

महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरले शुद्दोधन गाउँपालिकामा दिन प्रतिदिन सक्रमित र मृत्युु हुनेको सङ्ख्या बढ्न थालेपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बैशाख २१ गतेदेखि लागू हुने गरि वैशाख २७ गते (एक हप्ता ) सम्म पुर्ण रुपले बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताउनु भयो।निषेधाज्ञामा पनि सञ्चालनमा आएका बैंक तथा वित्तिय संस्था, किराना पसल, निजी सवारी साधन पुर्ण रुपमा बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताउनु भयो।

त्यसै गरि अन्य पालिकाहरुबाट गाउँपालिकामा प्रवेश गर्न रोक लगाइने भएको छ।

बन्द अवधिमा प्रहरी,स्वास्थ्यकर्मी,जनप्रतिनिधि पत्रकार ,बिरामी तथा आफन्त र अत्यावश्यक काममा हिडेका बाहेक अरुलाई ओहोरदोहोर गर्न पुर्ण रुपमा रोक लगाइएको गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले बताउनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित