नवलपरासी /बैशाख १७
पश्चिम नवलपरासीमा शुक्रबार मात्रै ६७ जना संक्रमित थपियका छन भने तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रामग्राम र सुनवल नगरपालिका बस्ने तीन जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो । उनीहरु मध्य दुई जनाको बुधबार र एक जनाको विहिबार मृत्यु भएको हो । कोरोनाको पिसिआर रिपोर्ट भने शुक्रबार आएको छ ।
रामग्राम नगरपालिकाका वडा नम्बर ६ का ४५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ । उनको बुधबार मृत्यु भएको र पिसिआर रिपोर्ट शुक्रबार आएको हो । यस्तै सुनवल नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको छ । उनको पनि बुधबार मृत्यु भएको र शुक्रबार पिसिआर रिपोर्टमा पोजिटिभ आएको हो ।
यस्तै सुनवल नरपालिका वडा नम्बर ७ कै ५० वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ । उनमा विहिवबार कोरोना संक्रमण भएको र सोही दिन मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले जानकारी दिनुभयो । शुक्रबार तीनजना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृतकको संङ्ख्या ४४ पुगेको छ ।
यसैविच पश्चिम नवलपरासीमा शुक्रबार एकैदिन थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार जिल्लामा पिसिआर पक्षिणबाट ५३ र एन्टिजिन परिक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्लामा शुक्रबार ४१ जना पुरुष र २६ जना महिलामा संक्रमण भएको छ ।
जिल्लाको रामग्राम नगरपालिकामा २१, सुनवल नगरपालिकामा १७, बर्दघाट नगरपालिकामा १६, पाल्हीनन्दन गाउँपालिकामा ५, सुस्ता, सरावल र प्रतापपुर गाउँपालिकामा २–२ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १७ सय ७६ पुगेको छ । अब जिल्ला भित्र दुई सय ८९ जना सक्रिय सक्रमित रहेका छन् । जिल्लामा शुक्रबार दुई जना पुरुष संक्रमण मुक्त भएका छन् । जिल्लाबाट स्वाव संकलनगरि पठाएको मध्य अझै ३० जनाको पिसिआर रिपोर्ट आउँन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

