तुलसीराम पौडेल
सियारी, भाद्र १७
प्राकृतिक विपदमा परेका नागरिकको राहतका लागि सियारी गाउँपालिका-७ प.अमवा स्थित श्री शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि. अगाडि आएको छ। सहकारीले २०८३ भाद्र १० गते रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको बाढी पहिरोका पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो।
सहकारीका अध्यक्ष कृष्ण प्रसाद नेपाल, उपाध्यक्ष टंक नारायण आचार्य, सचिव सुरेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्ष ऋषिराम न्यौपाने र व्यवस्थापक सुमन घिमिरेको टोलीले संयुक्त रूपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कृष्ण प्रसाद नेपालले भन्नुभयो, “विपदको समयमा पीडितको घाउमा मलम लगाउनु सबैको साझा दायित्व हो। यो सानो सहयोग भएपनि पीडितको राहतमा थोरै भएपनि मल्हम बन्न सकोस् भन्ने हाम्रो कामना छ। शुद्धोधन सहकारी सधैं सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध छ।”
सहकारीले जारी गरेको विज्ञप्ति अनुसार सहयोग रकम मध्ये संस्थाबाट १ लाख ४१ हजार र कर्मचारीहरुबाट १० हजार रुपैयाँ संकलन गरिएको हो। विज्ञप्तिमा विपदमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सहकारीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्न समेत अपिल गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

