Rashtriya Dainik

आधा घण्टाको फरकमा बुटवलमा तीन कोरोना संक्रमितको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा आधा घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आज बिहान बुटवलका दुई जना पुरुष र रुपन्देहीको मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३१ र ६६ वर्षीय पुरुष र ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुष सोहि दिन अस्पतालमा भर्ना भएका थिए।

त्यस्तै ६६ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन नै वैशाख ९ गते अस्पताल भर्ना भएका थिए भने ७२ वर्षीय महिला वैशाख १० गते संक्रमण पुष्टि भएकोमा ११ गते अस्पताल भर्ना भएकी थिइन्।

योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

धागो कारखानास्थित आईसियूमा १२ जना संक्रमितको उपचार भइरहेको छ।

अस्पतालमा यसअघि ३६ बेडको आइसोलेसन रहेको भए पनि आइसोलेसनलाई एचडियूमा स्तरउन्नती गर्ने काम भइरहेकोले संक्रमित नराखिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

रुपन्देहीमा पछिल्लो समय संक्रमित थपिने क्रम तीव्र रुपमा बढिरहेको छ।

बुधवारमात्रै ३ सय ८० जना संक्रमित थप भएका थिए। हालसम्म जिल्लामा २ हजार २ सय १२ जना सक्रिय संक्रमित छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित