बिरगंज १५ वैशाख
धोबिनी गाउँपालिकाका अध्यक्ष र कर्मचारीले अनियमितता गरेको भन्दै स्थानीयवासीले गापाको कार्यालयमा तालाबन्दी गरेका छन्।
गापाका प्रतिनिधि र कर्मचारीहरूले विगत ४ वर्षको विकास काममा अनियमितता गरेको, ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध नगराएको, दलित सामुदायिक भवनबाट सशस्त्र प्रहरी हटाउन माग गर्दै स्थानीय बासिन्दाहरूले गापा अध्यक्ष र कर्मचारी को बिरोध मा नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्।
गापा अध्यक्ष्F सुरेशप्रसाद कुर्मी अनुपस्थित रहेकाले स्थानीयहरू नाराबाजी गर्दै उनको घरमा पुगेको वडाध्यक्ष नन्दलालप्रसाद कुर्मीले बताए।
धोबिनी गापा–२ आसवारी र भिखमपुरबाट आएका बासिन्दाहरूले गापामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग राखेका थिए।
वडाध्यक्ष कुर्मीका अनुसार अध्यक्ष कुर्मीले दलित सामुदायिक भवनमा सशस्त्र प्रहरीको चेक प्वाइन्ट राखेर दलितहरूको भावनामाथि कुठाराघात गरेको आरोप लगाए। वडा नं १ घोडदौडाको ओरिया नदीमा झोलुङ्गे पुल निर्माणमा अनियमितता भएको, ३ वर्ष पहिला ९६ लाख को लागत मा निर्माण हुन लागेको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न नभएको,झोलुङ्गे पुल मा निर्माण को लागी उपभोक्ता समिति को नाउँ ४४ लाख तिन वर्ष पहिला उठाएर अहिले सम्म झोलुङ्गे पुल निर्माण हुन नसकेको रकम उपभोक्ता समिति को नाउँ मा उठाएर ठेकदार लाई दिएको छ। साथै ज्येष्ठ नागरिक भत्ता वितरणमा ढिला भएको, आफूखुशी कर्मचारी भर्ना गरेको कारण स्वस्फूर्त विरोध भएको आसवारीका वीरेन्द्र कुर्मीले बताए।
यस विषयमा प्रमुख कार्यकारी अधिकृत अशोक रौनियारले कार्यलयमा तालाबन्दी भएको स्वीकारे गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

