दोरेन्द्र खड्का बझाङ १५ वैशाख । बझाङ जिल्ला सदमुकामको जयपृथ्बी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले ६ दिनका लागि कामकाज बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर साहीले सूचना जारी गर्दै जयपृथ्बी नगरपालिका कार्यालयबाट दिइरहेका सेवाहरू ६ दिनको लागि बन्द गरिएको जानकारी दिएका छन् ।
नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि कोोना भाइरसको जोखिम बढेको भन्दै यस्तो निणर्य गरेको नगरपालिकाले जनाएको छ । यस्तै कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जयपृथ्बी नगरपालीका वडा नम्बर ९ का अत्याआवश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । आज बाट २० गते सम्म सेवा बन्द गरीएको वडा अध्यक्ष बजिर बहादुर खड्काले बताए । यता जयपृथ्बी नगरपालीका वडा नम्बर १० ले समेत कार्यालय बन्द गर्ने निणर्य गरेको छ ।
कोरोना महामारी समुदाय स्तरमा फैलि रहेको हुदा आजबाट २२ गते सम्म अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरीएको सुचना निकालेर जानकारी गराएको छ । आबश्यक काम परे फोन गर्न वडा अध्यक्ष दल बहादुर बिष्टले आग्रह गरे । यस्तै सबै वडा कार्यालयहरुले अत्याबश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

