भारतमा बिहे गरेकी जनकपुरकी ‘सीता’ बिहार चुनावमा बिधायक पद की उम्मेदवार

रन्जीत शर्मा/ काठमाडौ / १२ कार्तिक ।

छिमेकी मुलुक भारतको बिहार राज्यमा विधानसभा निर्वाचन दुई दिनपछि सुरु हुँदैछ।

कुल २४३ सीटमध्ये पहिलो चरणअन्तर्गत ७१ सीटको लागि विहिबार मतदान हुनेछ।

चुनाव बिहार विधानसभाको लागि भइरहे पनि यसको असर नेपालमा समेत पर्ने गरेको छ। खास गरेर प्रदेश २का ८ जिल्ला र प्रदेश १को मोरङ र सुनसरी भारतको बिहारसँग जोडिएका छन्।

बिहारको चुनाव तथा त्यहाँको राजनीतिले नेपाललाई पनि प्रभाव पारिरहेको हुन्छ।

फरक देश भएपनि राजनीतिक समानता र सामाजिक सम्बन्धका कारण बिहारको चुनाव नेपालीका लागि चासोको विषय बन्ने गरेको छ।

नेपाल र बिहारका कतिपय नागरिकबीच सामाजिक सम्बन्ध कायम छ। दुईतिर बैवाहिक सम्बन्धहरु पनि छन्। कतिपय नेपालीको बिहारमा बिहेबारी भएको छ भने नेपालमा विहे गर्ने बिहारका नागरिक पर्याप्त छन्।

सम्भवतः यसै कारण दुई देशबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको समेत भन्ने गरिन्छ। एक देशबाट अर्को देशमा आवत–जावत गर्न पासपोर्ट र भिसा जरुरी नरहेकोले पनि दुई मुलुकबीच खास सम्बन्ध मानिन्छ।

बिहारमा दुई दिनपछि हुन लागेको निर्वाचनलाई नेपालीहरुले नजिकबाट नियालिरहेका छन्, खास गरेर दुईतर्फका व्यापारी वर्ग। बिहारको राजनीतिले नेपालसँगको व्यापारिक सम्बन्धलाई प्रत्यक्ष प्रभाव गर्ने भएकोले व्यापारी वर्ग त्यहाँको चुनावप्रति विशेष रूची राख्ने गर्दछन्।

त्यसतर्फ रहेका आफन्तलाई आफूले रुचाएको दल वा उम्मेवदारलाई सहयोग गर्न निरन्तर सम्पर्क बनिरहेको हुन्छ। यहाँसम्म कि कतिपय नेपालीका आफन्त नै त्यहाँको निर्वाचनमा उम्मेदवार भएका हुन्छन्।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहकी आफ्नै बहिनी सीता साह पश्चिमी चम्पारण जिल्लाको बगहा विधानसभा क्षेत्रबाट निर्वाचनमा होमिएकी छिन्।

जनकपुर जन्मघर भएकी सीताको बिहारको पश्चिम चम्पारणमा बिहे भएर उतै बस्दै आइरहेकी छिन्। ‘प्लुरल्स’ पार्टीले सीतालाई उम्मेवार बनाएको छ। उनकाे चुनाव चिन्ह चेस बाेर्ड हाे।

कतिपय आफन्तहरू नै उम्मेवार भइदिने भएकोले बिहार चुनावमा नेपालीहरूको विशेष रूची हुने गरेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष साह बताउँछन्।

‘बिहार चुनावले व्यापारिक हिसाबले प्रभाव त पारेकै हुन्छ, यसबाहेक नातागोताका उम्मेवार भइदिएपछि झनै रूची बढाइदिन्छ,’ साहले भने।

व्यापारिक कारोबार सोझै केन्द्र सरकारसँग सरोकार राख्ने भएकोले बिहारमा बन्ने सरकारले खासै प्रभाव नपारेपनि राजनीतिक हिसाबले चासो बढाउने गरेको उनको भनाइ छ।

‘अधिकांश व्यापारिक कारोबार दुई देशबीचको सरकारसँग भएको सम्झौता अनुसार नै चलेको हुन्छ, तर, सीमा क्षेत्रमा बिहारबाटै व्यापार भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा बिहार सरकारको नीति निर्माणले नेपालीलाई व्यवसायिक लाभ वा हानी गर्न सक्ने सम्भावना बनिरहेको हुन्छ। यही कारण बिहारमा कसको सरकार बन्ने नेपालीहरुलाई चासोको विषय बनेको हुन्छ।’

बिहारमा अहिले १५ वर्षदेखि लगातार सत्ता सञ्चालन गर्दै आइरहेका जनता दल यूनाइटेड जेडीयू र प्रतिपक्षी राष्ट्रिय जनता दल राजदबीच शीर्ष प्रतिस्पर्धा देखिएको छ।

जेडीयू–बीजेपी गठबन्धनमा चुनाव लडिरहेका नितिश कुमार पछिल्लो १५ वर्षदेखि बिहारमा मुख्यमन्त्री बन्दै आइरहेका छन्, भने पूर्वमुख्यमन्त्री लालु यादवका छोरा अध्यक्ष रहेको राजदले कांग्रेस तथा वामपन्थी दलसँग गठबन्धन गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot