सुरेश कुमार पाण्डेय /१५ बैशाख, कपिलवस्तु ।
कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ भएका छन ।
जिल्लाको बुद्धभूमि नगरपालिका-३ घनचौराका ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त विषयमा थप आवस्यक कार्वाही र अनुसन्धानको प्रक्रिया अगाडि बढाइ सकेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

