वीरगंज १५ बैशाख। कोरोना संक्रमणको हटस्पट बनेको वीरगंजमा कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन , बुधबार देखि सन्चालनमा ल्याइएको छ ।
संक्रमितलाइ निशुल्क सेवा दिने गरि एम्बुलेन्स र शव वाहन बुधबार देखि सन्चालनमा आएको हो ।
म्हानगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गर्नु भएको हो ।
सांसद यादवको संसदीय विकास कोषको ४६ लाख रुपैयाबाट महानगरपालिकाले खरिद गरेको एम्बुलेन्स र १ थान शववाहन खरिद गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालले जानकारी दिए ।
कोरोना संक्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव हुदा संक्रमित र तीनका आफन्तले निक्कै सास्ती खेप्नु परेको थियो ।
त्यसैलाइ मध्जनजर गरि अहिले संक्रमणको दोश्रो लहरमा गत वर्षको जस्तो सास्ती खेप्न नपरोस भनेर एम्बुलेन्स र शववाहन खरिदका लागि महानगरपालिकालाइ ४६ रुपैया महानगरपालिकालाइ दिएको सांसद यादवले बताए ।
दोश्रो लहरको महामारीमा आफुले अझ पनि सकेको जति सहयोग गर्ने प्रतिबद्धा उनले जनाए ।
महानगरका नगर प्रमुख सरावगीले एम्बुलेन्स र शव वाहन खरिदका लागि सांसद यादवले नै पहल गरेको बताए ।
बुधबारबाट सन्चालित एम्बुलेन्स र शववाहनको सेवा कोरोना संक्रमतिका लागि निशुल्क उपलब्ध गराउने सरावगीले बताए ।
यसका साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वासथ्यकर्मीका साथ पुगेर महानगरपालिकाले आवश्यक औषधी निशुल्क उपलब्ध गराउने जानकारी पनि उनले दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

