Rashtriya Dainik

शिक्षामा सुधार ल्याउनको लागि सामुदायिक विद्यालयलाई रुपान्तरण गर्न आवश्यक – नेपाली काँग्रेस पर्वतका युवा नेता प्रवीण गुरुङ

अमृत भट्टराई / विहादी , पर्वत |

पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाच्छामा रहेको जनकल्याण प्राथमिक बिद्यालयको चौथो बार्सिकउत्सव एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका युवा प्रमुख अतिथि
युवा नेता परवीन गुरुङले कार्यक्रममा बोल्दै विहादीको शिक्षामा स्थानीय सरकारको लापरवाही भएको बताए । निजी विद्यालय सँग प्रतिस्पर्धा गर्न नसक्नु , सामुदायिक बिद्यालयलाई स्थानीय सरकारले महत्व नदिनु यसको मुख्य कारण सामुदायिक विद्यालयमा पठनपाठनमा गुणस्तरीय नरहेको बताए। सुधार गर्नेको लागि सामुदायिक विद्यालयलाई रुपान्तरण गर्ने आवश्यक रहेको देख्छु रुपान्तरण कसरी आवश्यक छ भने दृष्यन्त योग्य ढंगले , गुणात्मक र प्रविधिक योग्य ढंगले अगाडि बढाउदै सामुदायिक विद्यालयलाई आवश्यक नमुना बनाउनको लागि *शैक्षिक अन्तरवस्तुको दृष्टिकोणले , शैक्षिक गुणस्तरको दृष्टिकोणले शिक्षा अगाडि बनाउन सकिन्छ यसका लागि सुविधा सम्पन्न भौतिक पुर्वाधार हुनु निकै आवश्यक पर्ने यसका लागि नेतृत्व राम्रो हुनुपर्ने बताए । नेतृत्वमा विद्यालयका प्रधानअध्यापक , विद्यालयमा विद्यार्थीलाई शिक्षा दिने शिक्षक र विद्यालयलाई कसरी सञ्चालन गर्ने राम्रो शिक्षाका लागि के गर्ने भने भुमिका विद्यालय व्यवस्थापन समितिको रहने बताए।
विहादीको शिक्षा परिवर्तन नहुने र यसका लागि पनि शीप सम्पन्न गराउनका लागि शिक्षालाइ श्रम सँग जोडने, श्रमलाई सीपसँग र सीपलाई उत्पादन सँग र उत्पादन समृद्धि सँग जोडेमा मात्र विहादीलाई शिक्षित र विहादीलाई साक्षरता बनाउदै पर्वत जिल्ला र पुरै नेपालीलाई साक्षरता बनाउने सम्भावना देखेको बताए ।
उनले शिक्षक नियुक्तीमा राजनीति नाताबाद कृपावाद चलखेल भइरहेको नी पाइएको बताए।
विहादी मा नेपाली काँग्रेसको स्थानीय सरकार भनेपछि भौतिक पुर्वाधार नभएका विद्यालयमा सुविधा सम्पन्न विद्यालय बनाउने र विद्यार्थीलाई आवश्यक पर्ने खेलकुद मैदान , खेल सामाग्री विद्यार्थीको माग अनुसारका विभिन्न विद्युत् उपकरण यन्त्र सबै लाई पहिलो प्रथामिकता दिएर अगाडि बड्ने अठोट दिए । युवा नेता गुरुङले मन्तव्यको अन्तिममा भने अव विहादीको विकास का लागि आफू जनताको घरघरमा पुगेर गुनासो सुन्ने र अब बन्ने काँग्रेसको सरकार जनताको पीडामा मलम बन्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित