तुलसी राम पौडेल / फर्साटिकर
रुपन्देहीको शुद्दोधन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई गाउपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ। वहाँ लुम्बिनी प्रादेशिक अस्पतालबाट सरुवा भइ शुद्दोधन गाउपालिकामा आउनु भएको हो ।सोमबारदेखि नै प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले कार्यभार सम्हाल्नु भएको छ।
स्वागत कार्यक्रममा बोल्दै उहाले शुद्दोधन गाउँपालिकालाई शुद्ध एवं रुपन्देहीमै नमुना गाउपालिका बनाउन जनप्रतिनिधि एवं कर्मचारी बीच सम्बन्ध सुमधुर बनाइ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद बस्याल ,वडा नम्बर ५ का पुन्नेराम गौतम लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

