Rashtriya Dainik

शुभेच्छा सहकारीद्वारा विद्यालयमा मास्क, स्यानिटाइजर र साबुन वितरण

संजय कुशवाहा / नवलपरासी १३ बैशाख

बिश्व भरी फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट हुने उच्च जोखिमबाट बच्नको लागि मास्क, स्यानिटाइजर र साबुन वितरण गरिएको छ ।
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.७ गूठी सूर्यपुरामा अवस्थित शुभेच्छा बचत ऋण सहकारी संस्थाले सन्देशमूलक मास्क, स्यानिटाइजर र साबुन वितरण गरेको हो । काेरोनाकाे चर्चाले जनसमुदायहरु निकै त्रसित भएको बेला सहकारीले जनचेतना सँगसँगै सुरक्षित रहन मास्क, स्यानिटाइजर र साबुन वितरण गरेको छ ।

कोरोनाबाट सबैलाई सचेत रहन अाग्रह गर्दै , कोरोना कहरबाट बचौं र बचाअौं भन्दै शुभेच्छा बचत ऋण सहकारी संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवल र कोषाध्यक्ष बलवन्त कुर्मीद्वारा त्रिभुवन नमूना माध्यमिक विद्यालय बेलाटारीका शिक्षकहरूको उपस्थितिमा विद्यालय प्रधानाध्यापक नारद ठाकुरलाई मास्क, स्यानिटाइजर र साबुन हस्तान्तरण गरिएको संस्थाका ब्यवस्थापक दिनेश कुमार कुर्मीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित