Rashtriya Dainik

जि.प्र.का नवलपरासीद्वारा निजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्देशन

उमेश बि.क / नवलपरासी , १२ वैशाख

पश्चिम नवलपरासीमा कोभिड १९ महामारी बढे संगै निजि तथा सामुदायिक विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ ।

अाइतवार बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले वैशाख १३ गतेदेखि नै अर्को निर्णय नभए सम्मको लागि जिल्लाका सबै निजी तथा सरकारी विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हाे।

साेहि निर्णय अनरुप प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जिल्ला अन्तर्गतका निजि तथा सामुदायिक विद्यालय बन्द गर्ने सुचना निकाल्नु भएको हाे ।

यसैगरी पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड पूरा गरि वैशाख २२ गते भित्र सम्पन्न गर्न पनि निर्देशन गरिएको छ। विद्यालयको होस्टेल पनि बन्द गर्नुपर्ने छ।

अत्यावश्यक सेवा बाहेकका पसल व्यवसाय बिहान सात बजेदेखि दिउँसो एक बजेसम्म मात्र सञ्चालन गर्न पाउने सुचनामा उल्लेख गरिएको छ । सीमानाकामा आवतजावतमा कडाइ ,जोर विजोर प्रणालीमा यातायात सञ्चालन तथा सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित