Rashtriya Dainik

नवलपरासीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिदै : एक संक्रमितको मृत्यु,३३ जना संक्रमित

नवलपरासी /बैशाख १२ । कोरोना संक्रमणबाट पश्चिम नवपरासीमा थप एकजनाको मृत्यृ भएको छ । मृत्यृ हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रामग्राम नगपालिका–३ मा यस अघि एक महिलाको एक हप्ता अघि मृत्यृ भएको थियो । नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट देखा परेपछि जिल्लामा दुई जनाको मृत्यृ भएको छ । अहिलेसम्म पश्चिम नवलपरासीमा ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैविच पश्चिम नवलपरासीमा आइतबार एकैदिन थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार रामग्राम नगरपालिकामा १८, सुनवल नगरपालिकामा ७, बर्दघाट नगरपालिकामा ५, सरावल गाउँपालिकामा २ र पाल्हीनन्दन गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १५ सय ६९ पुगेको छ । अब जिल्लामा एक सय ११ जना संक्रिय संक्रमित आइसोलशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रसाशन कार्यालयले संक्रमणको जोखीम नियन्त्रका तथा रोकथामका लागि सत्रक रहन र भिडभाड, हाटबजार, नलगाउन र सामाजिक दुरी कायम गर्न अपिल गरेको छ । तर जिल्लाका मुख्य बजारमा भने भिडभाड कायमै रहेको छ भने न्युनतम स्वास्थ्य मापदण्ड समेत पालना गरेको पाइँदैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित