राजन कुमार बानिया/पोखरिया १२ बैशाख
कोरोना महामारीको रोकथाम नियन्त्रण तथा ब्यवस्थापन समेतको लागी नियन्त्रण समबन्धी कार्यपालिका बैठक अाज पर्साको सखुवाप्रसौनी गाउँपालिकाको सभा हलमा समपन भएको छ।
कोरोना को महामारी बाट कसरी बचने र जनसमुदाय हरु लाई कसरी बचाउने समबन्धमा बिषेश छलफल भएको थियो। कार्यपालिकाको बैठकबाट केही निर्णय समेत पारित गरि लागु गर्ने भएको छ। सखुवाप्रसौनी गाउँपालिकाको कार्यपालिकाहरुको बैठकबाट कडाईका साथ निगरानी गर्ने छिमेकी देश भारत लगायतबाट अाउने जानेहरुलाई निगरानी पहिचान गरी लगायत अन्य ठाउँबाट अाउनेहरुलाइ क्वारेन्टाइन गरिने ।
घरबाट बाहिर जानेहरुले माक्स लगाई बाहिर निस्कने यदी कसैले माक्स नलगाई अटेरी गर्ने हरु लाई कार्वाही को दायरा मा लियाउने। गाउँपालिका भरी कोरोना बिरोध जनचेतना मुल्क कार्य गर्ने। महुवनमा रहेको अस्थाई कोभिन अस्पताललाई अाईसुलेसन वाड ब्यवस्थापन गरि संचालन लयाउने ।
गाउँपालिकामा अक्सिजनको ब्यवस्थापन गरिने। र बजार ब्यवस्थापन मिलाउने समेतको निर्णय गरिएको थियोे । गाउँपालिका भित्र रहेका केही पसलहरुको निर्धारीत समय मिलाउने निर्णय गरिएको छ ।कार्यपालिका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल को अध्यक्ष्ातामा समपन भएको थियोे । बैठकमा गाउँपालिका उपाध्यक्ष फुलमती देबी थरुनी, प्रमुख प्रसाशकिय अधिकृत संदेश यादव,वाडअधयक्ष बिशवनाथ पटवारी,नियाज अहमद,जुमादिन अंसारी रुपलाल यादव, प्रहरी प्रमुख ,गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियार लगायत को सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

