Rashtriya Dainik

पर्सा प्रहरीको सेटिङ्ग अप्रेशन ;हातहतियार र लागू अौषध कारोबारको गिरोह पक्राउ

वीरगंज १२ अाईतबार
वीरगन्ज — पर्सा प्रहरीले दुई थान पेस्तोल र लागूऔषधसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीले विशेष सुचनाको आधारमा वीरगंज माहानगरपालिका १६ भन्सार स्थित रहेको शंकरचार्य गेटमा चेकजाँंच गर्ने क्रमममा भारतवाट नेपालतर्फ शरिरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनिहरुलाई दुई थान लागु औषध सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले आज पत्रकार सम्मेलन गरी बताउनुभयो ।
पेस्तोल सहित पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाऊपालिका वडा नम्बर ५ बस्ने बर्ष २५को राजु रानामगरको साथवाट स्वाचालित पेस्तोल १ थान र म्यागिजन २ थान पक्राउ गरि हातहतियारको मुद्दामा अनुसन्धानको क्रंममा यकिन ठेगाना नखुलेको काठमाडौमा बस्दै आएको अर्का लागू औषध कारोबारी रामप्रजापतीले गत बैशाख ८ गते दिउँसो भारतको रक्सौलबाट मुस्ताफा भन्ने व्यक्तिसंग २ वटा स्वाचालित पेस्तोल नेपाली रकम एक लाख ५० हजार सो मध्ये पेस्तोल १ थान र म्यागिजन २ थान तथा लागू औषधको डाईजिपाम १०० एम्पुल ,नुर्फिन १०० एम्पुल ,गरि जम्मा ३०० एम्पुल र निट्राभेट १२ सय ट्याटबलेट ल्याई वीरगंज स्थित बसपार्कमा रहेको मनोकामना गेष्ट हाऊसको कोठा नम्वर १० मा बसेको अवस्थामा हातहतियार र लागुऔषध लुटपाट गर्नै योजना बनाई करिब ४ बजेको समयमा मनोकामना होटलको कोठाभित्र रहेको हातहतियार पेस्तोल , लागू औषध , र मोबाइल सेट फोनह? लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएकोे पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अपराध नियन्त्रण टोली क्राईम ब्रान्च प्रहरीले बिशेष सुचनाको आधारमा २ थान पेस्तोल सहित एकजना जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गरी ८ जनालाइ लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको अनुसन्धानले लालबाबु सिंहले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश प्रसाद यादव सहित रोशन सिंह र नन्दन सिंहसँग मिली पेस्तोल र लागू औषध लुटपाट गर्ने योजना बनाएको एसपी पाण्डेले बताउदै ‘योजना बमोजिम त्यही दिन दिउँसो ४ बजेको समयमा दुवैजना कोठा नम्बर १०५ मा प्रवेश गरी लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट र राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार ?पैयाँ नगद लुटेका थिए । पर्सा प्रहरीले उक्त समयमा श्यामबाबु कुशवाहा र अरविन्द गुप्तालाई प्रहरीको निगरानी गर्न गेस्ट हाउस बाहिर खटाएका थिए ।
पक्राउ परेका व्यक्तिह? काठमाडौ तथा नेपालको विभिन्न स्थामह?वाट लागुऔषध र हातहतियार खरिद गर्ने आउने व्यक्तिह?लाई भारतको रक्सौल लगि समबन्धित कारोबारीह? संग सम्पर्क गराई खरिद गराउने , ओसारपोसार गर्ने सहयोग गरि मुनाफामा कमिशनलिने तथा यि गिरोहह?ले योजना बनाई हातहतियार , लागुऔषध लुटपाट गरि भारत तथा अन्य कारोबारीह? संग बिक्री वितरण गर्ने लगाएतका आपराधिक कार्यमा पहिला देखि नै संगलन रहेको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले गत बुधबार भारतको सीमावर्ती रक्सौल बजारबाट राजु राणा ‘मगर पक्राउ परेको करिब २० दिन अगाडि काठमाडौं बस्ने अर्का लागूऔषध कारोबारी राम प्रजापतिसँग मिलेर पेस्तोल खरिद गर्ने सल्लाह गरेका एसपी पाण्डेले भने, ‘त्यसबेला रक्सौल आई मुमताज भन्ने व्यक्तिलाई दुईवटा पेस्तोलको एक लाख ५० हजार ?पैयाँमा मोलमोलाई गरी एक लाख ?पैयाँ पेश्की समेत दिएको र वैशाख ८ मा मगर र प्रजापति वीरगन्जको बसपार्कमा पुगेर लागूऔषध कारोबारमा पहिलेका सहयोगी लालबाबु सिंहलाई लिएर रक्सौल गएका थिए । त्यहाँ उनीह?ले एक सय सेट इन्जेक्सन, १२ सय पिस नेट्राभेट ट्याब्लेट र एक्सट्रा म्याग्जिनसहितको ‘सनमाइका’ लेखेको स्वाचालित पेस्तोल लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगन्ज बसर्पाकमा बस्दै आएको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए ।
हातहतियार र लागूऔषध बरामद भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा नबुझाइ लुकाएर राखेको आरोपमा एक प्रहरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
प्रहरीले राजु राना मगरसहित पर्स प्रहरीमा कार्यरत प्रहरी जवान अवधेश यादव, वीरगन्ज मुर्ली निवासी लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहलाई नियन्त्रणमा लिएको छ । ‘पक्राउ परेका व्यक्तिहरुलाई लागूऔषध, हातहतियार तथा संगठित अपराध एन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित