Rashtriya Dainik

रसुवा बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाद्वारा १५ लाख रुपैया सहयोग गर्ने घोषणा

राजन कुमार बानिया / पर्सा १४ भदाैं

रसुवाकाे भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि पर्साकाे जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिका (बोर्ड) काे बैठकले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो
अध्यक्ष यादवका अनुसार, गाउँपालिकाे विपद् व्यवस्थापन काेषबाट ५ लाख ५१ हजार तथा गाउँपालिकका जनप्रतिनिधिहरुकाे एक महिनाकाे तलबभत्ता सुविधा बराबरको रकम र गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट नेपाल सरकारले ताेके बमाेजिमकाे रकम गरी कूल १५ लाख रुपैयाँ आर्थिक सहयाेग गर्ने निर्णय गरिएको हाे।
आइतबार बाेर्ड ​बैठकबाट निर्णय गरिएको रकम संकलन गरेर दुई तीन दिनभित्रै प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।
​बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका रसुवा,नुवाकोट,धादिङ लगायतका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनर्स्थापनामा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बाेर्ड बैठक डाकेर आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित