Rashtriya Dainik

बाढीपीडितका लागि ठोरी युवा समाजको सहयोग अभियान, राहत लिएर टोली आज प्रभावित क्षेत्रमा प्रस्थान गर्दै

ठोरी, पर्सा — प्राकृतिक विपद्को पीडामा तराई र पहाडबीच कुनै दूरी हुँदैन भन्ने सन्देशका साथ पर्साको ठोरी गाउँपालिकामा सक्रिय ठोरी युवा समाज तथा स्थानीय युवा अभियन्ताहरूले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन्।

“तराई र पहाड एउटै हुन्, उनीहरूलाई दुख्दा हामीलाई पनि दुख्छ” भन्ने मानवीय भावनाका साथ सुरु गरिएको उक्त अभियानअन्तर्गत पछिल्ला एक–दुई दिनदेखि ठोरीका विभिन्न स्थानबाट सहयोग सामग्री संकलन गरिएको हो।

संकलित सहयोगमा करिब छ चक्के सवारीसाधनमा अट्ने बराबरका खाद्य तथा अत्यावश्यक सामग्रीहरू रहेका छन्। राहत सामग्रीमा चामल, दाल, चिउरा, भुजा, आलु, सोयाबिन, तरकारीजन्य सामग्री, तेल, ग्यास, लत्ताकपडा लगायतका सामग्री समावेश छन्। त्यस्तै, महिला तथा बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै सेनेटरी प्याड, साबुन, सर्फ, स्याम्पु लगायतका सरसफाइ तथा दैनिक उपभोगका सामग्रीहरू पनि संकलन गरिएको छ।

ठोरी युवा समाजका अनुसार बाढीका कारण भोटेकोशी क्षेत्रका धेरै स्थानीय नागरिक तथा परिवार प्रभावित भएका छन्। नदीले बस्ती तथा आसपासका क्षेत्रमा क्षति पुर्‍याउँदा कतिपय परिवार विस्थापित र समस्यामा परेका छन्।

बाढीपीडित परिवारलाई केही भए पनि राहत पुर्‍याउने उद्देश्यले ठोरीबाट संकलन गरिएको सम्पूर्ण राहत सामग्री लिएर ठोरी युवा समाजको टोली आज बिहान करिब साढे ८ देखि ९ बजेको समयमा प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

स्थानीय युवा तथा अभियन्ताहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको यस अभियानले विपद्को समयमा देशका विभिन्न भूगोलमा रहेका नेपालीहरू एकअर्काको पीडामा साथ दिन तयार छन् भन्ने सन्देश दिएको छ।

ठोरी युवा समाजले सहयोग अभियानमा साथ, सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा स्थानीय नागरिकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकहरूको सहयोगका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ।
यो आधारमा समाचार बनाउनु है सर हामी अहिले चितवन पुगिसकेका छौं

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित