Rashtriya Dainik

ह्युमन लभ च्यारिटी फण्डद्वारा लंगडी चौकमा बृहत् खुला रक्तदान-३ महिला सहित ८८ जनाले गरे रक्तदान

राजन कुमार बानिया / पर्सा १३ भादौ

मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले धोबीनी गाउँपालिका-४ लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Human Love Charity Fund द्वारा आयोजित उक्त कार्यक्रममा ३ महिला सहित ८८ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान गर्नेहरूमा
महिलामा चित्रन्जना पटेल ,हिना बेगम, रेन्जु पटेल, रामपुर्ती साह कानु, निरज पटेल,लोकनाथा पटेल,रामान्नद ठाकुर,सुलतान मिया,रामबाबु पटेल, पसुराम पटेल, राजन गुप्ता, रोसन चौरसिया, उमेश साह कानु,अमन पटेल, प्रशान्त गुप्ता ,अलियास मिया, लगायतका व्यक्तिहरूले मानव सेवाको भावनासहित रक्तदान गरेका थिए। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
Human Love Charity Fund का अध्यक्ष डा.इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र अतिथिमा वडा अध्यक्ष अबास मिया, मनाउर अहमद, कार्यपालिका सदस्य दिनेश कलवारको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृज किशोर पटेलले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
उक्त कार्यक्रममा नेपाल उपस्थिति रहेको थियोे।
आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा Human Love Charity Fund का रिजवान अन्सारी, बिकाश साह, अजय पटेल, मुकेश पटेल,रेयाज हुसेन,राजन कुमार बानिया, मुक्तीजहुर अन्सारी,खालिद जेया,नवसाद अन्सारी,अन्सारी,साजित अन्सारी, समिम समानी,निरज पटेल, सतयम गुप्ता,राममुर्ती साह कानु, लगाएतको सहभागी रहेको थियो र
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित