आरपि उपाध्याय / नवलपरासी ,१४ भदौ
नेपाल नेत्र ज्योति संघ डा. बिनोद निता कंडेल आँखा अस्पताल परासीद्वरा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गत वर्षका सेवा तथा उपलब्धिको समिक्षा गर्दै आगामी वर्षमा अस्पतालको सेवा पहुँचलाई ६० हजार जना सम्म पुर्याउने र ७ हजार सर्वसुलभ एवं सहुलियतपूर्ण आँखाको शैल्यक्रीया गर्ने लक्ष्य तय गरिएको छ।
नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखा सभापति देवेन्द्रराज कंडेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले लुम्बिनी प्रदेश सरकारबाट आँखा अस्पताल परासीलाई दिदै आएको आर्थिक सहयोगलाई आगामी दिनमा पनि थप निरन्तरता दिने बताउदै प्रदेश सांसद कलवारले संसद विकासको रकमलाई पनि अस्पतालको विकासको लागि लगाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि जैसवालले डा. बिनोद निता कंडेल आँखा अस्पताल विकासको लागि स्वर्गीय पृथ्वीराज कंडेल र धनादेवी कंडेलको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताउदै उहाँहरुको योगदान वर्तमान समयमा पनि प्रेरणाको स्रोत रहने जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यसमितिका सह कोषाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मन्जु देवी कंडेलले अस्पतालद्वारा पुर्याउदै आएको सेवा सुविधालाई अझ बढी प्रभावकारी बनाउने धारणा राख्दै अस्पतालका कर्मचारीहरुको साथ सहयोगलाई उच्च मुल्यांकन गर्दै अध्यक्ष कंडेलले जिल्ला अन्तर्गत रहेका आँखा उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइ उपचार केन्द्रले पुर्याउदै आएको सेवालाई भरपर्दो र विश्वसनीय रुपमा उपचार कार्य गरिने जिकिर पनि गर्नुभएको थियो।
कार्यक्रममा आँखा अस्पतालका व्यवस्थापक अजय पाण्डेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अस्पतालद्वारा गरिदै आएको क्रियाकलाप बारे जानकारी गराउनुभयो।
सो अवसरमा लुम्बिनी नेत्रालयका प्रबन्धक निर्देशक हिरा बहादुर शाह, आउटरिच डाइरेक्टर तथा कोर्निया विशेषज्ञ डा. ज्योति सापकोटा,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाही लगायत व्यक्तिहरुको पनि कार्यक्रममा सहभागीता रहेकोे थियो।
सो अवसरमा आगामी दिनमा विशिष्टिकृत सेवाको विस्तार गुणस्तरीय उपचार र समुदायमा पहुँच अभिवृद्धि गर्दै अस्पताललाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको नेपाल नेत्र ज्योति संघ नवलपरासीका सह सचिव अनिल उपाध्यायले जानकारी दिनुभएको छ।

अस्पतालको नयाँ भवन निर्माणका लागि २ बिगाहा १० कठ्ठा जमिनको प्रबन्ध मिलाइएको छ भने भवन निर्माणका लागि नक्सा र डिपिआर तयार भइसकेको समेत कार्यक्रममा जानकारी गराइएको थियो।
भवन निर्माणका लागि विभिन्न दातृ संस्थाहरुबाट बजेट बारे छलफल भइरहेको पनि बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

