महेश यादव ,नवलपरासी ११ बैशाख
पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मधवलियामा जुवा तास बिरुद्ध सचेतना मुलक मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।
लालुपाते संवाद केन्द्रकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्यमा जुवा तास बिरुद्ध सचेतना मुलक मञ्चिय नाटक कार्यक्रम सम्पन्न सम्पन्न भएको हाे ।
लालुपाते संवाद केन्द्रका एस एस टि अध्यक्ष धश्याम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य अनन्ता देवि चाैधरीकाे प्रमुख अतिथतामा जुवा तास बिरुद्ध सचेतना मुलक मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको थियो ।

युक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले गाउँ टाेलमा रहेका ससाना बालबालिका ,युवा तथा वृद्ध बृद्धा लगायतका ज्ञानी ब्यक्तिले समेत जुवा तास खेलेर बसेकाे पाईन्छ । र अरुकाे देखासिखिमा अाजका कर्णधार बालबालिका तथा युवाहरुले अाफ्नाै पढाइ छाेडेर दिनभरि जुवा तास खेल्ने गरेका छन । जसका कारण सिङ्गो समुदायमा नकारात्मक असर परेकाे देखिन्छ । अरुकाे देखासिखि र लहलैईमा लागेर कतिपय बालबालिका तथा युवाहरुकाे जिन्दगी खराब हुनुका साथै बियुझिदै गएकाे बताउनुभयाे । युहाले यस्ता समस्या समाधान गर्नकाे लागि अाफु वडाबाट सधैं पहल गर्दै अाएकाे बताउनु भएको थियो ।

साे कार्यक्रममा अतिथिहरुमा समाजसेवी धिरेन्द्र प्रताब सिंह , महेन्द्र प्रताब सिंह , अलिहसुेन धुनिया , एबिसि नेपालका सुपरभाइजर साईदा निशा पठान लगायतकाे सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

