Rashtriya Dainik

महिला हिंसा बिरुद्ध मञ्चिय नाटक सम्पन्न

महेश यादव ,नवलपरासी ११ बैशाख

पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा महिला हिंसा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।

शक्ति संवाद केन्द्रकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्यमा महिला हिंसा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम ललितपुरमा सम्पन्न भएको हाे ।

शक्ति संवाद केन्द्रका एस एस टि अध्यक्ष सलिम राईनकाे अध्यक्षता तथा सरावल गाउँपालिका वडा नम्बर ४का वडा अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख अतिथतामा महिला हिंसा बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले नेपाल सरकारले महिलाहरुकाे लागि ३३ प्रतिशत हकअधिकार दिएकाे छ । तर पनि हाम्रो समाज र समाजका केहि ब्यक्तिहरुले अझ पनि मान्यता दिईएकाे छैनन् । जसका कारण समुदायमा रहेको महिलाहरुमाथि हिंसा भएको पाईन्छ । उहाँले महिला हिंसा नियुनिकरण गर्नकाे लागि समुदायमा जनचेतना जगाउन अावश्क रहेको बताए । साथै महिला हिंसा अन्त्य गर्नकाे लागि हामी सबै एकजुट भएर कार्य गर्नु पर्ने बताउदै अाफु एउटा जनप्रतिनिधि भएको हुनाले वडामा भईरहेकाे त्यस्ता हिंसा लाई नियुनिकरण गर्नकाे लागि अाफु वडाकाे तर्फबाट र ब्यक्तिगत तर्फबाट सधैं साथ सहयोग गर्ने बताएका थिए । युक्त कार्यक्रम अायाेजना गरेको अायाेजक टिमलाई र सहयोगी सम्पूर्ण हातहरुलाई धन्यवाद समेत दिनुभएको थियो

अायसा खातुनकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा अतिथिहरुमा वडा नम्बर ४ का वडा सदस्य जन्तिरा सहानि , गाेबरहिया चाेकिका प्रहरी हवल्दार लाेक बहादुर थापा , न्यायीक सराेकार संस्थाका उपाध्यक्ष रियाजुदिन राईन , प्रतिभा किशोर किशोरी सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ता लगायतको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित