Rashtriya Dainik

तपाईको मास्क खोइ ? अभियान

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु

दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि बहादुरगन्ज प्रहरीले नयाँ तरिका अपनाएको छ । ‘तपाईको मास्क खै भन्दै बहादुरगन्जका प्रहरी प्रमुख नायब निरीक्षक धर्मराज भण्डारी सडकमा उत्रिएका छन ।
प्रहरीले शुक्रबार देखि बहादुरगन्जको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गर्दै आएको छ ।

मास्क नलगाई हिंड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खोइ ? भन्दै मास्क समेत वितरण गर्ने गरेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका नायब निरीक्षक धर्मराज भण्डारीले बताए । कोरोना भइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गर्ने गरेको नायब निरीक्षक भण्डारीले बताए ।
भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन भण्डारीले आग्रह समेत गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित