महेश यादव ,नवलपरासी ,११ बैशाख
पश्चिमी नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ मा रहेको ज्याेति संवाद केन्द्र र परिबर्तन सवाद केन्द्रकाे सयुक्त अायाेजनामा तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
ज्याेति सवाद केन्द्र सहयोग समितिकाे अध्यक्ष पप्पु बानियाँकाे अध्यक्षता तथा वडा नं.५ का वडा अध्यक्ष अाेमप्रकाश गुप्ताकाे प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम बाट बालबालिका मा एउटा राम्रो सिकाई हनुका साथै उनिहरु भित्र रहेको ज्ञान लाई प्रतिस्फुटन गर्न र अगाडि बढाउन समेत सहयोग पुगेको बताउनु भएको थियो । साथै काेराेना महामारीको समयमा हजारौं बालबालिका पढाइ बाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै यश हाजिरी जवाफ प्रतियोगिता बाट बालबालिकामा सिकाई हनुका साथै काेराेना काे जाेखिम बाट बच्न तरिकाकाे समेत सिकाइ हनुेछ र समाज मा एउटा राम्रो सचेतना ,सहयोग पुग्ने छ ।
किशोर किशोरीहरुकाे भित्र लुकेको कला प्रतिभा , क्षमता लाई संरक्षण गर्न र मनाेबल बढाई स्थानीय स्तर देखि राष्ट्रिय स्तरसंम पुर्याउनकाे लागि गरिएको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम मा पाल्हिनन्दन गाउँपालिकामा रहेको ६ वटा संवाद केन्द्रका किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा कृष्ण संवाद केन्द्र सिसवा प्रथम तथा ज्याेति संवाद केन्द्र गेरमा दृतिय र शिवा पारबति संवाद केन्द्र गेरमा तृतीय स्थान हासिल गरेकाे थियो । प्रथम ,दृतिय ,तृतीय स्थान हासिल हुनेलाई कप ,मेडल सहितकाे पुरस्कार दिएको हाे।
साे कार्यक्रममा एबिसि नेपालका सुपरभाइजर राजेश अार्या सहित २५ जना किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो
।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

