तुलसीराम पौडेल / रुपन्देही ,भाद्र १६
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ सेमलारस्थित श्री गणेश ज्ञानज्योती पब्लिक हाइस्कुलको जुनियर रेडक्रस सर्कलले भोटेकोसी बाढीपीडितलाई सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालक समितिका पदाधिकारीहरूबाट संकलन गरिएको ८० हजार १ सय ५५ रुपैयाँ नगद रकम जुनियर रेडक्रसका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक कुलराज शर्मालाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको रकम सम्बन्धित निकायमार्फत भोटेकोसी बाढीपीडितलाई राहतस्वरूप पठाइनेछ।
जुनियर रेडक्रस सर्कलको संरक्षकमा विद्यालयका प्रधानाध्यापक कुलराज शर्मा ,शिक्षक सभा नायकमा विद्यालयका सहायक प्रधानाध्यापक डोलराज खरेल रहनुभएको थियोे भने सह शिक्षक सभानायकमा हरिप्रसाद अधिकारी हुनुहुन्थ्यो ।
विद्यालयको जुनियर रेडक्रस सर्कलले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

