राजन कुमार बानिया /पोखरिया ११ बैशाख
कोरोना महामारीको रोकथाम नियन्त्रण तथा ब्यवस्थापन समेत को लागी कार्यपालिका र सुरक्षा निकाय को बैठक शुक्रबार पर्साको पकहामैनपुर गाउँपालिका को सभा हल मा समपन भएको छ।
कोरोनाको महामारीबाट कसरी बचने र जनसमुदायहरुलाई कसरी बचाउने समबन्ध मा बिषेश छलफल भएको थियो। कार्यपालिका र सुरक्षा निकाय को बैठक बाट केही निर्णय समेत पारित गरि लागु गर्ने भएको छ। पकहामैनपुर गाउँपालिका को कार्यपालिकाहरु र सुरक्षा निकायहरुको बैठकबाट सिमा नाकाहरु मा कडाईका साथ निगरानी गर्ने छिमेकी देश भारतबाट अाउने जानेहरुलाई निगरानी पहिचान गरी दिल्ली पंजाब लगायत ठाउँबाट अाउनेहरुलाइ क्वारेन्टाइन गरिने । घरबाट बाहिर जानेहरुले माक्स लगाई बाहिर निस्कने यदी कसैले माक्स नलगाई अटेरी गर्नेहरुलाई कार्वाहीको दायरा मा लियाउने।
गाउँपालिका भरी कोरोना बिरोध जनचेतना मुल्क कार्य गर्ने। पहिला नै क्वारेन्टाइन को ब्यवस्थापन गरिने । १५ बेड सम्म क्षमता भएको सरकारी ,सामुदायिक,गैरसरकारी र निजी अस्पताल संग समन्वय गरी कोरोना संक्रमित को उपचार को लागी अाईसुलेसन को ब्यवस्थापन मिलाउने । गाउँपालिका मा अक्सिजन को ब्यवस्थापन गरिने समेत को निर्णय गरिएको थियोे ।कार्यपालिका र सुरक्षा निकाय को बैठक पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसिया को अध्यक्ष्ातामा समपन भएको थियोे । बैठक मा गाउँपालिका निमित प्रसाशकिय अधिकृत महेश प्रसाद सिंह,वाडअधयक्ष अमिरका सहनी,बृजमोहन तिवारी,मदन साह,ढेडी प्रसाद यादव,लेखमन पटेल,सशस्त्र प्रहरी निरिक्षक अमृत केसी,सशस्त्र प्रहरी निरिक्षक प्रकास भुजेल,ईलाका प्रहरी कार्यालयले पोखरिया का प्रहरी नायब निरिक्षक नवराज कार्की,स्थानिय सिमा मा रहेको प्रहरी प्रमुख र कार्यपालिका सदस्य महम्द जाबिर हुसेन,कान्ती देबी,रामगिता देबी,सोसिलया देबी, सिला देबी ,गाउँपालिका स्वास्थ्य संयोजक संजय प्रसाद लगायत को सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

