Rashtriya Dainik

गाेबरहिया प्रहरी चौकी इन्चार्ज बि.क काे बिदाइ तथा सई कुँवरकाे स्वागत

उमेश बि.क / नवलपरासी , ११ बैशाख

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित गाेबरहिया प्रहरी चौकी इन्चार्ज लिल बहादुर बि.क काे बिदाइ तथा नवअागन्तुक सई धर्मबहादुर कुँवरलाई स्वागत गरिएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा शुक्रबार प्रहरी चौकीका इन्चार्ज बि.क लाई चौकीमा कार्यरत प्रहरी र गाउँपालिकाबाट सम्मान स्वरुप मायाको चिनो सहित टीकामाला लगाएर बिदाइ गरिएको हाे।

चौकी इन्चार्ज रहँदा उनले प्रहरी र गाउँलेबीचको सम्बन्ध सुधारको काम गरे । साथै आफूमातहतका प्रहरीलाई कहिल्यै नराम्रो व्यवहार नगरेको उनका सहकर्मीको भनाइ छ ।

‘उहाँ हुँदा गाउँमा दिनहु हुने झगडामा कमी आएको थियो, केही नयाँ काम गर्दा उहाँ गाउँलेलाई पनि सोध्नुहुन्थ्यो,’ वडा नं. ४ निवासी समाजसेवी सुखाडी प्रसाद चाैधरीले बताउनु भएको हाे।

गाेबरहिया चौकी इन्चार्ज भएदेखि गाउँमा मदिरा नियन्त्रण, सवारी दुर्घटनामा कमी, चोरी, लुटपाट, आपराधिक घटना र महिलामाथि हुने घरेलु हिंसाका घटना न्यून भएको स्थानीयको भनाइ छ । दिनहुँ मदिरा खाएर झगडा हुने गरेकोमा उनी आएपछि गाउँ शान्त भएको नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद कुमार पाण्डेयले बताउनु भएको हाे ।

चौकी इन्चार्ज रहँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको गाउँलेको बुझाइ छ ।

चौकी इन्चार्ज रहेर काम गर्दा सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयाेग मिलेको भन्दै असइ बि.क ले सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका हुन ।

चौकी इन्चार्ज बि.क सरुवा भई जिल्ला प्रहरी कार्यलय नवलपरासी जानु भएको हाे ।

गाेबरहिया प्रहरी ईन्चार्ज भई इमन्दारीता पुर्बक जिम्मेवारी बहन गर्नु भएकोमा गाउँपालिका अध्यक्ष चाैधरीले धन्यवाद ज्ञापन गर्नु भएको हाे । हरेक ब्यक्ति कामप्रति इमानदारीता,निश्पक्षता , कर्मठ भएर भएर अगाडि बढाउछ तब पक्कै जिवनमा सफलता पाउछ भन्दै उज्ज्वल भबिस्यकाे कामना साथ
कामकाे प्रशंसा गर्दै सम्मान स्वरुप मायाको चिनो सहित गाउँपालिका अध्यक्ष चाैधरीले बिदाई गरेका हुन।साथै नवअागन्तुक सई धर्मबहादुर कुँवरलाई स्वागत गरेका हुन ।

नवअागन्तुक सई धर्मबहादुर कुँवरले सरावल गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयाेग गरिदिनुहुन अाग्रह गर्दै अाफु ईमानदारीता पुर्बक काम गर्ने प्रतिब्द्धता ब्यक्त गर्नुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित