उमेश बि.क / नवलपरासी ,१० बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ जनकपुरमा कुखुरा बाेकेकाे पिकप र पानीको जार बोकेको हात्ति गाडी जुध्दा दुईवटै चालक गम्भीर घाइते भएका छन ।

शुक्रबार राति ८ बजे महेशपुर भुतहा सडक खण्ड अन्तर्गत उत्तरबाट दक्षिण तर्फ अाउदै गरेको लु १ च ४९३४ नम्बरको पिकप र दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु १ च ३३१८ नम्बरको हात्ति गाडि एक अापसमा जुध्दा दुईवटै चालक गम्भीर घाइते भएका छन ।

उक्त दुर्घटनामा परी पिकप चालक सरावल गाउँपालिका वडा नम्बर ३ महुअवा बस्ने वर्ष २२ काे अजय कुमार चाैधरी (वीर बहादुर ) र हात्ती गाडीका चालक सरावल ३ बस्ने वर्ष ३० काे सतवीर पासिकाे अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिइएको छ।

सडक दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प्रहरी ,ट्राफिक तथा गाेबरहिया प्रहरी चाैकी लगाएत पुगेको प्रहरी टोलीले घाइते दुबै चालकलाई उद्धार गरी बुटवल उपचारको लागि अस्पताल पुर्याएको हाे।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

