पश्चिम नवलपरासीमा एक पूजारीको विभत्स हत्या भएको घटना सार्वजनिक भएको छ । बडा दशैँकोबीच ती पूजारीको दिउँसोको समयमा हत्या भएको स्थानीयको भनाइ छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा रहेको हनुमान मन्दीरमा पूजाआजा गर्ने गर्दै आएका महँगु केवटको मन्दीरमै घाँटी रेटेर ह’त्या भएको हो। स्थानीयका अनुसार ती पूजारी कात्तिक ९ गते दिउँसो साइकल चडेर मन्दीरतर्फ गएका थिए । त्यसपछि नै उनको ह’त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार दिउँसो साइकलमा जाँदा साइकलको पछाडि एक भारतीय नागरिक पनि बसेका थिए । ती भारतीय व्यक्ति अपरिचित भएकाले घटनाबारे थप अनूशन्धानमा समस्या परेको प्रहरीको भनाइ छ । तथापी घटनाको अनूशन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ । मृतक पूजारीको घाँटी र टाउकोमा गहिरा चोट भेटिएका छन् । उनलाई घाँटी रेटेर ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । यसैघटनाको सम्बन्धमा विश्व हिन्दू परिषद् नेपालले हत्या पूजारीको हत्यामा संलग्नलाई चाँडो भन्दा चाँडो पहिचान गरि कडा कानूनी कारवाही गर्न माग गरेको छ । परिषदले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । त्यस्तैगरी विश्व हिन्दू परिषद शाखा नवलपरासीले अपराधिको चाँडो भन्दा चाडो पहिचान गरि कारवही माग गर्नुपर्ने मामग राखेको छ । उसले अपराधिलाई कडा कानूनी कारवाहीको माग गर्दै र्मतकलाई सहिद घोषणा गर्नेु पर्ने समेत माग गरेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।