Rashtriya Dainik

अतिक्रमण गरिएको जग्गामा महिला भवन बन्दै , उपप्रमुख उत्तमा राय

नवलपरासी ,९ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अतिक्रमण भएको जग्गामा गाउँपालिका स्तरीय महिला भवन बन्दै छ ।

सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा रहेको अतिक्रमण गरिएको जग्गालाई स्थानीय सरकारले खालि गराएर उक्त जग्गामा पालिका स्तरीय महिला भवन निर्माण कार्य सुरु गराएकाे हाे ।

स्थानीय सरकारले पालिका भित्र भएको अतिक्रमीत जग्गाहरुलाई खालि गराएर जनताको हकहितको लागि विभिन्न भाैतिक निर्माण कार्य गराईरहकाे छ ।

सरावल गाउँपालिका उप प्रमुख उत्तमा राय र अन्तरपार्टि महिला सञ्जालकाे नेतृत्वमा खालि गराएकाे अतिक्रमित जग्गामा विभिन्न सुबिधा सम्पन्न भाैतिक निर्माण कार्य भईरहकाे छ । करिब ६ कठ्ठा अतिक्रमित जग्गालाई खालि गराएर तत्कालै पालिका स्तरीय महिला भवन निमार्ण भईरहेकाे छ । उक्त खालि गराईएकाे अतिक्रमित जग्गामा
संसदीय काेटाबाट २० लाख र सरावल गाउँपालिका बाट १० लाख गरि ३० लाख बराबरको रकम बाट निर्मित महिला भवन निर्माण गर्नुका साथै बालमैत्रि ,महिला मैत्रि साैचाले निर्माण गर्नुका साथै नमुना करेसाबारी सञ्चालन गर्ने लक्ष्य राखेकाे उपप्रमुखले बताउनु भयो ।

नेपालकाे परिवेशमा हेर्ने हाे भने ग्रामीण क्षेत्रमा मनिसहरुकाे लागि उपयुक्त र सुबिधा सम्पन्न भाैतिक निर्माणका विभिन्न कार्यहरु अझ पनि पुर्ण रुपमा भएको छैन । त्यसका साथै सरकारि जग्गा लाई समेत ठूला बडा ब्यक्तिहरुले मिचेर बसेकाे अवस्थ परिहार रहेको पाईन्छ । र स्थानीय सरकारले जनताको हितका लागि कार्य गरेपनि जनताले बाधा पुर्‍याउने गरेकाे उहाले बताएका हुन । र सरावलमा रहेको करिब ६ कठ्ठा जग्गा पनि धनी र ठुला ब्यक्तिहरुले नै मिचेर बसेकाे उक्त अतिक्रमित जग्गा लाई खालि गराएर महिला भवन निर्माण गरिएको उपप्रमुखले बताउनु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित