Rashtriya Dainik

जिविकोपार्जनका लागि सामग्री वितरण

नवलपरासी /बैशाख ९

ईन्द्रेणी सामाजिक विकास मञ्च नवलपरासीले प्रतापपुर गाउँपालिकाका ७ अपांगता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिविकोपार्जनका लागि आज सामग्री वितरण गरेको छ ।
मञ्च र यु एम एन को साझेदारीमा सञ्चालित एकिकृत ग्रामिण सामुदायिक स्वास्थ्य परियोजना (क्ष्च्ऋज्) अन्र्तगत ६ जना अपांगता भएका व्यक्ति र १ जना अपांगता भएका व्यक्तिको परिवारलाई सामग्री वितरण गरिएको हो ।
प्रतापपुर गाउँपालिका वडा नं.२ का रिया धरिकारकी आमा कमला धरिकार, ३ का इन्द्रेश कुर्मि र हिरेन्द्र प्रसाद थारुलाई सिलाई मेसिन, २ का मिना चौधरीलाई भाडा, ३ का गुड्डु कमकर, ६ का प्रमोद चमार र ८ का राजकुमार राजभरलाई ठेला प्रदान गरिएको परियोजनाका फिल्ड अधिकृत सुस्मा जोशीले जानकारी दिनु भयो ।
सो क्रममा प्रतापपुर गाउँपालिकाका कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले सामग्री प्रदान गरेकोमा मञ्चलाई धन्यवाद दिदै वितरण गरिएका सामग्रीले अपांगता भएका व्यक्ति र उनीहरुको परिवारको जिविकोपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीले परियोजना अन्र्तगत प्रतापपुर गाउँपालिकाका १५ जना अपांगता व्यक्ति र उनीहरुको परिवारलाई सामग्री वितरण गर्ने योजना रहेको र पहिलो चरणमा ७ जनालाई सामग्री प्रदान गरिएको बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित