उमेश बि.क / नवलपरासी ,९ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित गाजासहित १ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गाेबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरी सहित प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा सरावल गाउँपालिकाको वडा नं. ५ छाेट्कि दुबाैलिया स्थित बाटोमा चेकजाच गर्दा पक्राउ परेका हुन ।
सरावल वडा नं ५ छाेट्कि दुबाैलियाकाे बर्ष २९ काे काेइल केवटकाे शरीर र झोलाको खानतलासी गर्दा सहानिले बोकेको झोलाबाट २ किलो गाँजा वरामद भएको वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

बैशाख ८ गते बुधबार पक्राउ परेका केवटलाई मुचल्का सहित जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको गाेबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरीले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

