Rashtriya Dainik

प्रतापपुर गा .पा.मा रहेका सामुदायिक बिद्यालयलाई अध्यन टेबल बितरण

नन्दु यादव /बैशाख ८,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका मा रहेका सामुदायिक बिद्यालय काे कक्षा ८मा अध्यनरत केटिहरुलाई अाज अध्यन टेबल बितरण गरिएकाे छ ।मुख्यमन्त्री ग्रामीण बिकास तथा राेजगार कार्यक्रम अन्तर्गत अध्यन टेबल बितरण गरिएकाे हाे।प्रतापपुर गाउपालिका भित्र रहेका मदरसा र सामुदायिक गरि कुल ३१ वटा बिद्यालय मा ३९०वटा अध्यन टेबल बितरण गरिएकाे बताईएकाे छ ।याे टेबल कक्षा ८मा अध्यनरत केटिहरुले अाफ्नाे घर लगि घरमा अध्यन लाई सहज पुर्याउने उदेश्यले बितरण गरिएकाे हाे ।मुख्यमन्त्री ग्रामिण बिकास तथा राेजगारका लागि मुख्यमन्त्री बाट मनाेनित सदस्य राजेश सिह थापाकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका कि कार्यबाहक अध्यक्ष अन्जु कुमारी चाैधरी काे प्रमुख अतिथ्तामा बितरण गरिएकाे हाे ।कार्यक्रममा मा मुख्यमन्त्री ग्रामीण बिकास तथा राेजगारका प्रमुख हाेमनाथ भण्डारीले स्वागत मन्तब्य दिनु भएकाे थियाे।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरी ले अध्यन टेबल लाई अध्ययन गर्ने केटिहरुले सदुपयाेग गर्ने बिश्वास लिएकाे बताउनु भयाे ।अध्ययन टेबल ले अवस्य पनि अध्यनमा सहज पुर्याउने वहाले बताउनु भयाे ।कार्यक्रम लाई शान्ति बिक ले सन्चालन गर्नु भएकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित