तुलसी राम पौडेल /फर्साटिकर, बैशाख ७
रुपन्देहीको मायादेवी गाउपालिका आयुर्वेद शाखाको आयोजनामा बैशाख ५ र ६ गते मायादेवी गाउँपालिका स्थित बरेवा मविमा विद्यार्थीहरुलाई योगले सिकाईमा पार्ने सकारात्मक प्रभाव तथा स्वस्थ रहन अपनाउनु पर्ने जीवनशैली सम्वन्धमा आयुर्वेद शाखा प्रमुख कविराज निरीक्षक ध्रुवराज भण्डारीले प्रशिक्षण प्रदान गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक अब्दुल हन्नान खानको अध्यक्षतामा भएको उक्त कार्यक्रम औषधालयका अायुर्वेद सहायक रीता ज्ञवालीले सञ्चालन गर्नुभएको थियो । शिक्षक सहित ६० जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा सहभागी हरुलाई कोभिड १९ रोकथाममा भान्सामा हुने विभिन्न जडीबुटीहरुको प्रयोग विधि र मात्रा सिकाउनका साथै तनाव व्यवस्थापनमा योगलाई व्यवहारमा प्रयोगमा ल्याउन कविराज निरीक्षक भण्डारीले सहभागीलाई प्रतिवद्धता व्यक्त गराउनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

