Rashtriya Dainik

पोखरिया अस्पतालमा जिनएक्स्पोर्ट मशिनको उदघाटन

राजन कुमार बानिय/पर्सा ,६ बैसाख

पर्साको दोस्रो सदरमुकाम पोखरिया अस्पतालमा अाज जिनएक्स्पोर्ट मशिनको उदघाटन भएको छ। प्रदेश नं २ समाजिक बिकास मन्त्रालयको सहयोगमा लयाएको पोखरिया अस्पतालमा क्षयरोगको लागी जिनएक्सपोर्ट मशिनलाई बिधुवत रुपमा प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक श्रवण मिश्राले उदघाटन गर्नु भएको थियोे । क्षयरोगी पता लगाउन सजिलो संग चेक जाच गरिने निर्देशक मिश्राले जनाए।

क्षयरोग पता लगाउन चेकजाँच जिनएक्सपोर्ट मशिन प्रयोग गरि छिटो र छरितो रिपोर्ट लिनसकिने बताए । खखार माईक्रोसपी बाट चेकजाँच गर्दा चेकजाँचमा समस्या देखिएकोले यो जिनएक्सपर्ट मशिनबाट छिटो छरितो क्षयरोगको रिपोर्ट अाउने बिश्वास रहेको बताए ।

क्षयरोगको लागी जिनएक्सपर्ट मशिनको उदघाटन कार्यक्रममा पोखरिया नगरप्रमुख दिपनारायण रौनियार,उपमेयर सलमा खातुन,पोखरिया अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता ,पोखरिया नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी , जसपा केन्द्रीय सदस्य नजामोदिन समानी, वाडअधयक्ष लक्षमण साह कानु बिना देबी बैठा,लगायतको सहभागिता रहेको थियौ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित