Rashtriya Dainik

नेविसंघकाे ५२ औँ स्थापना दिवसको अवसरमा खाद्यान्न सामाग्री वितरण

नवलपरासी, ६ बैशाख

नेपाल विद्यार्थी संघको ५२ औँ स्थापना दिवसको अवसरमा नेविसंघ पश्चिम नवलपरासीले खाद्यान्न सामाग्री वितरण गरि आफ्नो स्थापना दिवस मनाएको छ।

रामग्राम स्थित आदर्श माध्यमिक विद्यालयमा अध्यनरत दृष्टि बिहिन स्रोत कक्षाका विधार्थिहरुलाई खाधान्न तथा फलफुल वितरण गरेर नेविसंघले स्थापना दिवस मनाएको हो।

नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति राजन भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको खाद्यान्न वितरण कार्यक्रममा बिशिष्ट अतिथिमा आदर्श माविका प्रधानाध्यापक अर्बिन्द पाठक, विद्यालय संचालक समिति सदस्य एवं रामग्राम ५ का वडा सदस्य ओम् प्रकाश गुप्ता रहनुभएको थियो।

विद्यार्थी नेता अर्जुन पौडेलको संयोजकत्व तथा नेविसंघका जिल्ला नेता बिकास घिमिरे र केदार चाैधरीकाे सहसंयोजकत्वमा सञ्चालित सो कार्यक्रममा विद्यार्थी नेता कमल बस्यालले स्वागत मन्तव्य राखेका थिए।

बिधार्थी नेता बबिता बस्याल, धिरज हलुवाई, देव लोहनिया, ईमामुल अलि, परिवर्तन भट्टराई,बबिता बस्याल,संजय गौतम ,रियाज अलि लगाएत उपस्थित भएको कार्यक्रमको सञ्चालन नेबि सघं जिल्ला सचिव कमला रानाले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित